मलेसियाकी राजकुमारीले गरिन कामदारसँग विवाह
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २०:३४:५४
२५ असोज, एजेन्सी । मलेशियाको जोहोर स्टेटको राजकुमारी तुन्कु तुन अमीनाह मैमुनाह इस्कांदरियाहको डेनिस मुहम्मद अब्दुललाहसँग विवाह भएको छ । विवाहको रोचक कुरा चाँही सुल्तानको एक प्रपर्टी डेवलपमेन्ट फर्ममा डनिसले काम गर्थे । दुवैजनाले प्रेम विवाह गरेका हुन् ।
तीन वर्ष पहिला राजकुमारी र डेनिसको भेट मलेशियाको एक क्याफेमा भएको थियो । भेट पछि डेनिसले इस्लाम स्वीकार गरेका थिए । यस विवाहलाई दुवै परिवारको सर्मथन र आर्शिवाद मिलेको थियो । दुवै परिवारले सबै परम्परागत प्रक्रिया पुरा गरेर विवाह सम्पन्न गरेका हुन् ।
जोहोरका मुसलमानले सयौं वर्ष पुरानो परम्परा निभाउदै छोरीको विवाह २२ दशमलव ५० रिंगिट अर्थात करीब ३ सय रुपैयाँ बराबरको रुपैयाँ माग गरे । तुकू सुल्तानको एकमात्र छोरी हुन् र छ बच्चाहरुमा २ नम्बरकी हुन् ।
तुंकु र डेनिस पहिलो पटक भेट हुँदा सिंगापुरमा एक रोवर्ट फुटबल क्लबमा मार्केटिङ म्यानेजरको रुपमा काम गर्थे । इस्लाममा प्रवेश गरेसँगै डेनिस वरबासबाट डेनिस मुहम्मद भएका थिए । उनी नेदरल्यान्डको एक सानो शहरका हुन् । पहिला उनी मोडलिङ पनि गर्थे । डेनिसको पिता फुल पसलमा काम गर्छन् भने आमा कपडा पसलमा काम गर्छिन् ।
सुल्तानकी एक्ली छोरीको विवाह धुमधामले सम्पन्न भयो । उनीसँग लगभग दुई सय अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ । जोहोर मलेशियामा एक यस्तो एक्लो राज्य छ, जो सँग निजी आर्मी हुन्छ । एक टेलि कम्पनीका मालिक सुल्तान इब्राहिमसँग ६४१ करोड रुपैयाँको एक सुनको प्लेन र आलीशान तीन भवनहरु छन् । जसलाई उनले ४१७० लाख रुपैयाँमा खरीद गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार