वाणिज्य विभागका अधिकांश सेवा स्थगित
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २१:४६:२
२५ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ ।
विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राइभेट तथा साझेदारी फर्म दर्ता, एजेन्सी, कम्पनीका नयाँ दर्ता, ठाउँसारी, पूँजी वृद्धि, खारेजी, उद्देश्य परिवर्तनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको हो ।
अर्को सूचना नभएसम्मका लागि आजदेखि उक्त कार्य स्थगन भएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार उक्त सेवाका लागि यही असोज २३ गतेसम्म निवेदन पेश भएका सम्पूर्ण कार्य स्वास्थ्य सुरक्षा अपनाउँदै फछ्र्योट गरिनेछ ।
यसैगरी विभागले मंसिर ७ गतेसम्म म्याद समाप्त हुने फर्मको नवीकरणबाहेकका कामका लागि अनलाइनबाट आवेदन गर्ने व्यवस्थासमेत स्थगन गरेको छ । विभागको व्यापार प्रशासन सम्बद्ध तथा बजार अनुगमन शाखाका कर्मचारीमा कोरोना संक्रमण भएसँगै अधिकांश सेवा स्थगन गरिएको हो ।
विभागका धेरै कर्मचारीको सरुवा भएको तथा नयाँ आउने कर्मचारी आइनपुग्दा सेवा प्रवाहमा समस्या भएको विभागका अधिकारी बताउँछन् । बजार अनुगमनका कर्मचारी पर्याप्त मात्रामा नहुँदा दैनिक चार समूहबाट अनुगमन गर्दै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार