शुक्रबार , कार्तिक १४, २०७७

अमिताभ र दिपीकाभन्दा प्रभास महंगा

अमिताभ र दिपीकाभन्दा प्रभास महंगा

२५ असोज, एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपरस्टार प्रभास बलिउडका कलाकारभन्दा पनि महंगा भएका छन् । उनले हालै एक नयाँ चलचित्रमा पनि काम गरिरहेका छन् । यो फिल्मसँग बलिउडका बादशाह मानिने अमिताभ बच्चन र दीपिका पादुकोणका पनि जोडिएका छन् ।

तर भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म खेल्न प्रभासले दिपिका र अमिताभभन्दा पनि महंगो पारिश्रमिक लिएका छन् । प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गर्दा केही दिनअघि मात्रै अमिताभ जोडिएका हुन् ।

अमिताभ जोडिएपछि प्रभासले खुशी व्यक्त गरेका छन् । तर दिपिका र अमिताभभन्दा प्रभासले महंगो रकम लिएका र उनी नै फिल्मको मुख्य कलाकार भएका पनि निर्माण कम्पनीले जनाएको छ । दिपिका र अमिताभले पनि प्रभासको महंगो पारिश्रमिकमा सहमति जनाएका छन् ।

बाहुबलीबाट उदाएका प्रभास पछिल्लो समय बलिउडका प्रभावशाली नायक हुन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय