शनिबार , कार्तिक १५, २०७७

दशैंमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको स्पष्टोक्ति

दशैंमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको स्पष्टोक्ति

२५ असोज, काठमाडौं । यस बर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै नयाँ नोट वितरण नगर्ने जनाएको हो ।

बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । र, दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय