चाडपर्वमा कालोबजारी रोक्न संसदीय समितिकाे चासो
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार १:२१:५१
२५ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले छठपर्वसम्म बजार अनुगमनका लागि उपसमिति गठन गरेको हो ।
समितिका सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार चाडपर्वमा अधिकांश स्थानमा कालोबजारीमा वृद्धि हुने कुरालाई ध्यानमा राख्दै अनुगमनका लागि उपसमिति गठन गरिएको हो ।
चाडपर्वमा अधिकांश सांसदहरु जिल्ला फर्कनु हुने र सबैको ध्यान बजारतिर नपुग्ने हुँदा बजारको अवस्था तथा निरन्तर अनुगमनका लागि उपसमिति गठन गरिएको सभापति श्रीवास्तवले बताए । उनका अनुसार सो उपसमितिले प्रशोधित खानेपानी तथा नूनको मूल्यमा भएको वृद्धिलगायतका विषयमा अनुसन्धान गर्नेछ । उपसमितिमा नेकपाका दिलकुमारी र मायादेवी न्यौपाने, नेपाली काँग्रेसका प्रकाश रसाइली ‘स्नेही’ र सुजाता परियार सदस्य रहेका छन । एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार