शनिबार , कार्तिक १५, २०७७

सल्यानको श्रीनगरमा प्रभु बैंकको शाखा सञ्चालन

सल्यानको श्रीनगरमा प्रभु बैंकको शाखा सञ्चालन

२५ असोज, काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नाे २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको उद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका छन् ।

बैंकको श्रीनगरमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी मेयर अधिकारीले प्रभु बैंकले आफ्नाे बैंकको व्यवसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उनले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिएका थिए ।

बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले त्यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले
विज्ञप्तिमार्फत जनाएको छ ।

साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै त्यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको सो विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

खुशीको खबर ! इन्स्टाग्रामबाटै अबदेखि चार घण्टा लाइभ खुशीको खबर ! इन्स्टाग्रामबाटै अबदेखि चार घण्टा लाइभ २१ घण्टा पहिले
कांग्रेस शीर्ष नेताहरुको बैठक सोमबार बस्दै कांग्रेस शीर्ष नेताहरुको बैठक सोमबार बस्दै २३ घण्टा पहिले
अमेरिकी चिप्सहरु बिक्री रोकेसँगै प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको योजना अमेरिकी चिप्सहरु बिक्री रोकेसँगै प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको योजना २३ घण्टा पहिले
गाली बेइज्जती गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी गाली बेइज्जती गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी २१ घण्टा पहिले
दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम २३ घण्टा पहिले
दक्षिण कोरियाको कार निर्यातमा वृद्धि दक्षिण कोरियाको कार निर्यातमा वृद्धि १५ घण्टा पहिले
काेराेना कहरमा दशैँ आयो र गयो तर सरकार भ्रष्टाचारमै मस्त रह्याे : नेता केसी काेराेना कहरमा दशैँ आयो र गयो तर सरकार भ्रष्टाचारमै मस्त रह्याे : नेता केसी ५ घण्टा पहिले
हिमालको थुम्का र हिम शृङ्खलाको दृश्य हिमालको थुम्का र हिम शृङ्खलाको दृश्य २१ घण्टा पहिले