आजदेखि बागलुङमा अनिश्चितकालका लागि सेवा बन्द
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १२:५६:३२
२६ असोज, गलकोट । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।
नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुष्टि भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उनले बताए । बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
उनले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरे । नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ ।
राहत हस्तान्तरण
वलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडित नगद राहत रकम हस्तान्तरण गरेको छ । सांसद डा सुर्य पाठकले समाजको तर्फवाट सङ्कलन गरिएको रु ३ लाख ३७ हजार नगद राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर आइतबार हस्तान्तरण गरे ।
उक्त रकम जैमिनी नगरपालिका–१ टुनीबोट र सोही नगरपालिका–५ विनामारेका पहिरोमा परी मृत्यु भएका परिवार र पहिरोवाट घरमा क्षति भई विस्थापित भएको परिवारलाई नगद राहत हस्तान्तरण गरिइएको हो । गत भदौं २८ र २९ गते अविरल वर्षातका कारण गएको पहिरोले घर पुरिदा टुनिबोटमा दुई जनाको मृत्यु र ६ परिवार विस्थापित र विनामारेमा एक जनाको मृत्यु भएको थियो ।
पहिरोमा परी टुनीबोटमा मृत्यु भएका लक्ष्मीदेवि शर्मा र हरीकृष्ण शर्माको परिवार र विनामारेमा मृत्युभएको जालपादेवि शर्माको परिवार गरी जम्मा तीन जना पहिरो पीडितका परिवारलाई रु ३५ हजारका दरले, विस्थापित ६ परिवारलाई रु ३२ हजारका दरले र पहिरोमा परी अभिभावक गुमाएका नावालक ५ जनाका दरले रु ८ हजारका दरले गरी जम्मा रु। तीन लाख ३७ हजार वितरण गरेको स्थानीय विद्यालय जैमिनी प्राथमिक विद्यालयका प्रधानध्यापक ऋषिराम पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार