काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा सूचीकृत
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १४:५०:०
२६ असोज, बनेपा । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यहाँका ती दुई गाउँपालिकालाई समावेश गराइएको हो ।
दुई गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा पार्न सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । अब ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धारको लागि लाग्ने खर्च मन्त्रालयले व्यहोर्ने भएको छ ।
राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै पनि हिउँदमा यातायातको साधन चलेको ठाउँ भएपनि ५–६ घण्टासम्मको यात्रा गरी जिल्ला सदरमुकाम आइपुग्नु पर्ने अवस्था रहेको छ ।
विकटको अत्ति दुर्गम क्षेत्र भएकै कारण दुई बर्षअघि पालिकाको वडा नं ७ का दुई गर्भवतीको समयमा उपचार नपाएर ज्यान गएको तथा २०७७ सालको साउन महिनामा मात्रै सोही वडाका अर्का गर्भवतीको लाख भन्दा बढी खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार