मंगलबार , कार्तिक ४, २०७७

शान्ति सुरक्षा कायम गर्न धमाधम टोल सुरक्षा समिति गठन

शान्ति सुरक्षा कायम गर्न धमाधम टोल सुरक्षा समिति गठन

२६ असोज, टीकापुर । कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ । टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो ।

प्रहरीले स्थानीय नागरिकसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यका साथ यो अभियान थालेको हो । टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछन् । स्थानीय परिवेश अनुसार समिति गठन हुन्छ । वडाको भौगोलिक समस्या हेरेर, जनसङ्ख्याका हिसावले पनि हुनेछ । हरेक वडामा १० भन्दा बढी समिति हुनेछन् ।

प्रहरी र नगरपालिका मिलेर थालेको यो अभियान अन्तरर्गत अहिलेसम्म वडा नं १, ४,८,६मा वडा र टोल सुरक्षा समिति गठन भइसकेका छन् । अन्य वडामा गठन कार्य चलिरहेको छ । टोल सुरक्षा समिति वडास्तरीय ९ वटा र हरेक वडामा १० भन्दा माथि टोल सुरक्षा समिति गठन हुनेछन् । वडा १ को जनसङ्ख्या र क्षेत्रफल धेरै रहेकाले यहाँ २२ वटा समिति गठन भएका छन् । नगरपालिकाभरी सयभन्दा बढी समिति गठन हुने देखिएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल ९ वटै वडाध्यक्षसँगको छलफलपछि सबै वडामा यो अभियान थालिएको जानकारी दिए । यो समितिले शान्ति सुरक्षासँगै महिलामाथि हुने हिंसा न्यूनिकरण, समाजमा गलत अभ्यासका रुपमा रहेका बालविवाह, बहुविवाह जस्ता गलत परम्परा न्यूनिकरणमा समेत सघाउनेछ ।

समितिले समुदायमा विद्यमान विकृति, विसंगति, लागू औषध दुव्र्यसन न्यूनिकरणका क्षेत्रमा जनचेतना जगाउने कार्य गर्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । ‘‘यो अभियानले स्थानीय नागरिक र प्रहरीको सु–सम्बन्ध स्थापना हुने अपेक्षा छ’’, उनले भने, ‘‘भुगोल, जनसङ्ख्या र स्थानीय परिवेशअनुसार समिति गठन गर्नै थालिएको छ । समितिमा बडघर, स्थानीय अगुवा, महिला स्वास्थ्य स्वयम सेविकालाई पनि रहने गरेका छन् ।’’

टोल समितिलाई नगरपालिका र प्रहरीले प्रशिक्षण, कानुनी व्यवस्थाका कुरा, उनीहरुको दायित्वबारे समेत जानकारी दिइनेछ । टोल सुरक्षा समितिका ड्युटीमा खट्नेका लागि सुरक्षा ज्याकेट, परिचय पत्र, टर्च, एउटा समितिलाई एउटा मोबाइल जस्ता अत्यावश्यक सामग्री वितरण गरिनेछ । यी सामान नगरपालिकाले सघाएको हो । ‘‘समुदायको सुरक्षाका लागि नागरिक आफैँलाई जिम्मेवार बनाउने उद्देश्यले यो अभियान थालिएको हो’’, नगर प्रमुख रावलले भने, ‘‘रातिको समयमा प्रहरीको साथमा स्थानीय नागरिकले आफ्टो टोलमा गस्ती गर्नेछन् । गस्तीमा एक वा दुईजना प्रहरी नागरिकसँगै जानेछन् ।’’ नगर प्रमुख रावल टोल समितिले गस्ती गर्छ भन्ने सन्देश गएमा समुदायमा हुने केही अपराधिक घटना डराएरै कमी आउने बताए ।

नगरपालिका र प्रहरी मिलेर विद्यालयस्तरीय र टोलस्तरीय जनचेतना जगाउने खालका कार्यक्रम समेत गर्दै आएको छ । ‘‘कोरोना महामारीका कारण समुदायमै गरिने यस्ता जनचेतनामूलक कार्यक्रम केही प्रभावित भएका छन्’’, नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठुकल्लाले भने, ‘‘प्रहरी र स्थानीय तह मिलेर बालविवाह, लैँगिक हिंसा, लागू औषध दुव्र्यसन न्यूनिकरणका लागि जनचेतना जगाउने कार्यक्रम गदर्छौं । स्वास्थ्य जोखिम कम भएमा यी कार्य समेत निरन्तर हुनेछन् ।’’

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विज्ञ डायस्पोराबाट नेपालको विकासमा योगदानको अपेक्षा विज्ञ डायस्पोराबाट नेपालको विकासमा योगदानको अपेक्षा ७ दिन पहिले
छिट्टै खुल्दै नेचर सुपरमार्केट ! उपत्यका भर शाखा विस्तार हुने, दोस्रो चरणमा देशभर छिट्टै खुल्दै नेचर सुपरमार्केट ! उपत्यका भर शाखा विस्तार हुने, दोस्रो चरणमा देशभर १ हप्ता पहिले
आज बाग्मती र गण्डकीमा सामान्य बदली रहने सम्भावना आज बाग्मती र गण्डकीमा सामान्य बदली रहने सम्भावना ४ दिन पहिले
अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत १ हप्ता पहिले
टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ ३ दिन पहिले
आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षा : एनआरएनए आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षा : एनआरएनए १ हप्ता पहिले
हङकङले किन रोक्यो नेपाल एयरलाइन्सको उडान ? हङकङले किन रोक्यो नेपाल एयरलाइन्सको उडान ? २ हप्ता पहिले
हट्यो अस्ट्रेलिया, न्यूजील्यान्डबीच यात्रा अबरोध, जोखिम निकै कम हट्यो अस्ट्रेलिया, न्यूजील्यान्डबीच यात्रा अबरोध, जोखिम निकै कम ३ हप्ता पहिले