उपत्यकामा पिउने जारको पानीको मूल्य ६० रुपैँया !
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १७:५६:२४
२६ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा पिउने जारको पानीको मूल्य ६० रुपैँया पुगेको छ । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको हो । २० लिटरको जारमा भरिएको पानीको बजारमा यसअघि ब्रान्ड नै पिच्छे फरक-फरक मूल्य थियो ।
कोरोना भाइरसको माहामारी बहाना बनाउदै काठमाडौं उपत्यकामा जारको पिउने पानीको मूल्य प्रतिजार ६० रुपैयाँ पुगेकाे पसलले बताएकाे अनामनगरमा बस्दै आएकी मिना श्रेष्ठले नेपालबहस डटकमलाई भनिन ।
वाणिज्य विभागकै रोहबरमा गत साउनमा तोकिएको अधिकतम् मूल्यसम्बन्धी सम्झौतालाई आधार मानेर उत्पादक र वितरकको मूल्य तोकिएको थियो । गत साउनमा २१ वटा पानी उद्योगको पानीको उत्पादन, गुणस्तर र लागतको आधारमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको अधिकतम् मूल्य निर्धारण गरेको थियो ।
बजारमा बोटल बन्द एक लिटर पानी २० देखि २५ रुपैयाँ र २० लिटरको जारको पानी ५० देखि ६० रुपैयाँसम्म कारोबार भइरहेको भएपनि दुई वर्षअघिको मूल्य निर्धारण र हालको अवस्थालाई मध्यनजर गरेर भन्दै विभागले नयाँ अधिकतम् मूल्य तोकिदिएको थियो ।
विभागको तत्कालीन निर्णयअनुसार एक लिटर बोटलको पानी १६ रुपैयाँ र जारको पानी अधिकतम् ५० रुपैयाँ तोकिए पनि संसदको उद्योग समितिले विभागको निर्णय तत्काल कार्यन्वयन नर्गन निर्देशन दिएको थियो । पानीको मूल्य निर्धारणबारे आवश्यक अनुसन्धान गरिरहेको समितिले जनाएको छ ।
यता पानीको मूल्य निर्धारणबारे विभागले गरेको निर्णय कार्यन्वयनमा नआइसकेको भए पनि बजारमा पानीको मूल्य बढाइएको जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । लिखित रुपमै मूल्य बढाउन तालुकको संघले पत्राचार गरेको सूचना प्राप्त भएको विभागले जनाएको छ ।
सरकारी तथ्यांकअनुसार देशभर ६३८ वटा पानी उद्योगहरु सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्यकार र बनेपामा मात्रै १७५ वटा पानी कम्पनी दर्ता छ । पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसन आवद्ध संस्थाहरुसँग भने ५८५ पानी उद्योग आवद्ध छन् । पूर्ण क्षमतामा पानी उत्पादन भए काठमाडौं उपत्यकामा मात्रै दैनिक १० लाख लिटर जारको पानी उत्पादन हुने व्यवसायीहरुले दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार