मंगलबार , कार्तिक ४, २०७७

नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु

नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु

♦ नीरज गौतम

२६ असोज, नेपालगञ्ज । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन निर्माणका लागि आवश्यक जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाइएकोे नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड–१९ का कारण छ महिनादेखि विस्तारको काम रोकिएको थियो । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही बमोजिम चार चरणमा काम भइरहेको छ । विमानस्थल विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरी रु तीन अर्ब ५० करोड बढी बजेट खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख ठाकुरले बताए ।

यसअघि नै नेपालगञ्ज विमानस्थलबाट दिल्ली उडानको प्रस्ताव गरिएको छ । सोही प्रस्तावबमोजिम विमानस्थलमा सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी गुरुयोजनामा नक्शाङ्कन र डिजाइन गरिएको छ । शुरुवाती चरणमा एटिआर विमान उडान गर्न मिल्ने गरी नेपालगञ्ज विमानस्थल विस्तार गरिने छ भने दुई दशकभित्र एअर बस जस्ता ठूला विमान उडान भर्न मिल्ने गरी गुरुयोजनामा डिजाइन गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थल विस्तार गुरुयोजनामा निर्माणको अनुमानित लागत रु १२ अर्बभन्दा बढी रहेको छ । योजनानुसार विमानस्थलको रनवे थ्री–सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर–सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयर बस ३२० एनइओ मोडेलका ठूलो जेट विमान सहजै उडान गर्न सक्नेछन् ।

सामान्यतयाः दैनिक सरदर ४० उडान भर्दै आएको नेपालगञ्ज विमानस्थलबाट झण्डै एक हजार १०० यात्रु आउजाउ गर्दछन् । राजधानी काठमाडौँंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त उक्त विमानस्थलका लागि नयाँ गुरुयोजनानुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्नेछ । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने जनाइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नारायणी अस्पतालमा सांसद श्रीवास्तवको पहलमा अक्सिजन प्लान्ट राखिदै नारायणी अस्पतालमा सांसद श्रीवास्तवको पहलमा अक्सिजन प्लान्ट राखिदै २३ घण्टा पहिले
विद्यालयलाई बैंकको बिनाधितो कर्जा विद्यालयलाई बैंकको बिनाधितो कर्जा २१ घण्टा पहिले
क्योकुशिन सेइसिन काईकानको शुभकामना आदानप्रदानमा विद्यालय पोशाक वितरण क्योकुशिन सेइसिन काईकानको शुभकामना आदानप्रदानमा विद्यालय पोशाक वितरण २२ घण्टा पहिले
आजदेखि प्युठान अस्पतालको बहिरङ्ग सेवा बन्द आजदेखि प्युठान अस्पतालको बहिरङ्ग सेवा बन्द २१ घण्टा पहिले
राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) राष्ट्र बैंककी जागिरे छोरी :- जसले किर्ते हस्ताक्षर गरेर बृद्ध आमाको करोडौं सम्पति हत्याइन् (श्रृङ्खला–१) १९ घण्टा पहिले
रिचार्जरमा दशैं बोनान्जा, अफर भित्र अफरमा छुटै छुट रिचार्जरमा दशैं बोनान्जा, अफर भित्र अफरमा छुटै छुट ५४ मिनेट पहिले
साझा पार्टीले भन्यो, जनतालाई पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो ! साझा पार्टीले भन्यो, जनतालाई पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो ! २२ घण्टा पहिले
यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि १९ घण्टा पहिले