लिवियामा अपहरित सात भारतीय मुक्त
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार २१:५०:४५
२६ असोज , ट्युनिस । लिवियामा अपहरणमा परेका सातजना भारतीय नागरिक अपहरणमुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिएका हुन् । उनले सो अपहरणमा परेका सातजना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेकाे जानकारी दिए ।
उनीहरु लिवियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेकाे पनि उनले बताए ।भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको अवस्थाको बारेमा खोजी शुरु गरेको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजीकार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिएका थिए । लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।
भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेकाे र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए ।त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अपहरणमुक्त गरिदिएकाे बताइएको छ । अपहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी
चैत १५, २०८० बिहिबार
बंगलादेशमा किन चल्दै छ ‘इन्डिया आउट’ को अभियान ?
चैत १४, २०८० बुधबार
परपुरुषसँग अवैध सम्बन्ध राख्ने महिलालाई ढुंगाले हानेर मार्ने तालिवानको घोषणा
चैत १४, २०८० बुधबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार