कर्णाली काण्डले नेकपामा भूकम्पको संकेत
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार २१:५३:१५
२६ असोज, काठमाडौं । सत्तारुढ नेकपाभित्र नयाँ विवाद खडा भएपछि नेताहरुको ध्यान अन्यत्रै केन्द्रित हुन थालेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वास प्रस्ताव अगाडि बढाएपछि पार्टी एकता प्रक्रिया नै नयाँ कोणबाट व्याख्या गनुपर्ने अवस्था सिर्जना भएको छ ।
हिजो पूर्व एमाले पक्षधर सांसदहरुको सक्रियता र अगुवाईमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव ल्याइएको हो । यो परिघटनाले पूर्व माओवादी पक्ष सशंकित मात्र नभई नयाँ ढंगले सोच्न बाध्य भएको पोलिटव्यूरो सदस्य हरिबोल गजुरेलले बताए । सबै काम नियोजित रुपमा भएका छन्, त्यसैले अब पार्टी एकताबारे सबैले मिहिन ढंगले विश्लेषण गर्नु आवश्यक छ– गजुरेलले भने ।
पूर्व माओवादी पक्ष भनेको रैती हुन् भन्ने मानसिकताले काम गरिरहेको आरोप उनको छ । एकता प्रक्रिया सुरु भएयताका घटनाक्रमले त्यही सन्देश दिइरहेको भन्दै उनले अब नेकपालाई नयाँ शिराबाट मात्र अगाडि बढाउन सकिने धारणा राखे । पार्टी भित्र चर्किएको अन्तद्र्वन्द्व अन्त्य गर्न गएको भदौ २६ गते स्थायी कमिटी बैठकले नयाँ सूत्र ल्याएको तर प्रधानमन्त्री केपी ओलीले त्यसालाई पूर्णतः अस्वीकार गरेको पनि उनले बताए ।
यो प्रकरणलाई सही ढंगले व्यवस्थापन गर्न सकिएन भने लहरो तान्दा पहरो गर्जने चेतावनी उनले दिए । कर्णाली प्रदेशमा देखिएको समस्या अन्यत्रपनि नसर्ला भन्न सकिन्न , त्यसैले बेलैमा ओलीलगायत पूर्व एमाले पक्षधर साथीहरुले यसको सही व्यवस्थापन गर्न सक्नुपर्ने उनको धारणा छ ।
उता, नेकपा केन्द्रीय सदस्यसमेत रहेका कर्ण थापा भने कार्यकारी अधिकार प्राप्त अध्यक्षले यो समस्याको हल खोज्नुपर्ने बताए । कार्यकारी अध्यक्षका रुपमा प्रचण्डले सही निर्णय लिएर व्यवस्थापन गर्नुपर्छ, यो उहाँकै जिम्मेवारी पनि हो– थापाले भने । कर्णाली प्रदेशका साथीहरुले किन र केका लागि यस्तो अप्रिय कदम उठाए, त्यसको जडी कुरो खोज्ने र समाधान गर्ने जिम्मा अध्यक्ष प्रचण्डकै थाप्लोमा रहेको पनि उनले बताए ।
तर यो सबै पूर्व माओवादी पक्षधरलाई कमजोर बनाउने रणनीति अन्तर्गतको कदम हो भन्दै नेता गजुरेलले यसको सबै समाधान पूर्व एमाले पक्षका नेताहरुले गर्नुपर्ने बताए । कर्णाली प्रदेशमा निम्त्याइएको नयाँ विवादले समग्र नेकपाको धार नै परिवर्तन हुने स्थिति आएको छ । मन्त्रिमण्डल पुनर्गठनलगायत राजनीतिक नियुक्ति एवं पार्टी एकता प्रक्रिया टुंग्याउने निर्णय नै प्रभावित भएको छ ।
प्रचण्डले यो घटनालाई बढो गम्भिरतापूर्वक लिएका छन् । आज बिहानै उनले खुमलटारस्थित निवासमा केही नेताहरुलाई बोलाएर परामर्श गरेका थिए । सो क्रममा उनले नेता माधवकुमार नेपाल पक्षधर केही नेतालाई समेत बोलाएका थिए । लगत्तै उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । ओलीसँगको भेटमा यही विषयमा गहन छलफल भएको उनले बताएका छन् । अब ओलीजीले यो प्रकरणलाई रोक्नुपर्छ भन्दै उनले नत्र ठूलै अनिष्ट निम्तिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीले यसलाई रोक्ने पहल नगर्ने हो भने ठूलो अस्थिरता निम्तने पनि उनले बताए । साथै, यो विवाद अब गाउँ गाउँसम्म पुग्ने पनि ओलीलाई बताएको निकट स्रोतले बतायो । अहिले हामी केन्द्रमा मात्रै केही विवाद गरिरहेका छौं तर विस्तारै गाउँ तहसम्म नै विवाद तन्किन सक्ने भएकाले समयमै रोकौं भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई तत्काल उचित कदम चाल्न आग्रह गरेको पनि स्रोतले बतायो ।
उता, नेता नेपाल भने कर्णालीका कार्यकर्ताको भावना समेट्न नसकेको भन्दै मुख्यमन्त्री शाही सुध्रनुपर्ने बताएका छन् । आजै विहान उनले यसबारे प्रचण्डसँग कुरा गर्दै मुख्यमन्त्री शाहीमा दम्भ बढी भएको र सबैलाई समेट्ने सोच नरहेको भन्दै सम्झाउन प्रचण्डलाई अनुरोध गरेका थिए । तर प्रचण्ड लगायत पूर्व माओवादी पक्षधर नेताहरु भने गम्भिर षडयन्त्रको तानाबुना बुन्न थालिएको भन्दै सचेत देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार