शनिबार , कार्तिक १५, २०७७

विकास बैंकले किन ततायो बजार ? आजको बजार बिश्लेषणले के देखायो ?

विकास बैंकले किन ततायो बजार ? आजको बजार बिश्लेषणले के देखायो ?

२६ असोज, काठमाडाैं । आज दोश्रो बजारमा सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमलव ७४ अंकले वृद्धि हुँदै १५७८ दशमलव ०१ को विन्दुमा बन्द भएको छ । आज १८९ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ९४ करोडको शेयर कारोवार भएको छ ।

विकास बैंक उपसुचकमा आज सर्वाधिक वृद्धि भएको छ । विकास बैंक उपसुचकमा ३ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । विकास बैंकको लिडर कम्पनी मुक्तिनाथ विकास बैंकको बजार मूल्यमा माथिल्लो सर्किट लागेको छ ।

नेप्से परिसूचक १५८० दशमलव १५ को विन्दुमा खुलेकोमा ११ बजेर ४० मिनेटमा १५६६ दशमलव ४० को न्यून विन्दु समातेको थियो ।  त्यस्तै बजारले २ बजेर २९ मिनेटमा १५८० दशमलव ८० को उच्च विन्दु सम्म पुगेको थियो ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

✍ प्राविधिक बिश्लेषण :

प्रतिरोध २ः १६१५ । प्रतिरोध १ः १५८० । टेवा १ः १५६६ । टेवा २ः १५४०

✍  आज कारोबारको पहिलो समयमा बजार घटे पनि पछिल्लो समयमा बजार बढेको छ । आजको मैनबत्तीले “बुलिस पिन बार”को आकृति बनाएको छ, यसले बजार केहि सकारात्मक हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलार्ई पनि बिश्लेषण गर्नु पर्ने हुन्छ । आजको परिमाण भने सामान्य रहेको छ ।

✍ दैनिकी अवधिमा “आरएसआई” ६१ दशमलब ०५ को बिन्दुमा छ । यसको प्रवृत्तिले हालसम्म बजार सकारात्मक क्षेत्रमा रहेको जानकारी गरेको छ। “एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ। “अन ब्यालेन्स भल्यूम” ले बजारमा माग बढी रहेको जानकारी गराएको छ।

✍ यदि बजार १६१५ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने देखिन्छ । हालको तत्कालिन टेवा १५४० को क्षेत्रमा रहेको देखिन्छ । नेप्से १५४० भन्दा माथि स्थिर रहनुु भनेको बजार सकारात्मक क्षेत्रमा रहनु बुझिन्छ ।

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय