चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार ४:२८:२४
२६ असोज, रौतहट । चोरीका मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारका १८ वर्षीय छोरा जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको २० वर्षीय छोरा सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एंव प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।
उनका अनुसार कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको तीनदिन अघि चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुबै जनालाई पक्राउ गरिएको हो । आफ्नै घर अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा यही असोज २३ गते सो मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए । विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार