रतन्छा एक हप्ताका लागि सिल
नेपालबहस संवाददाता
असोज २७, २०७७ मंगलबार १६:२४:२८
असोज,खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो ।
घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयवासीलाई सम्भावित संक्रमण हुनबाट बचाउन सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।
पीसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते संकलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको संक्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए । यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना संक्रमकण पुष्टि भएको थियो ।
यससँगै दश स्थानीय तह रहेको जिल्लामा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ । सङक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका छन् । दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । उक्त नगरपालिकाबाट पीसीआर परीक्षणमा पठाइएकामध्ये १६ जनालाई सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए ।
हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकामा चार-चार, जन्तेढुङ्गा गाउँपालिकाका दुई, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, र बराहपोखरी गाउँपालिकाका एक-एक जनालाई संक्रमण पुष्टि भएको छ । केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन् । केपिलासगढी गाउँपालिकाका ३५ र रावाबेँसी गाउँपालिकाका ६५ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार