शनिबार , कार्तिक १५, २०७७

बलिउड अभिनेत्री चक्रवर्तीले हालिन छिमेकीविरुद्ध सीबीआईमा उजुरी

बलिउड अभिनेत्री चक्रवर्तीले हालिन छिमेकीविरुद्ध सीबीआईमा उजुरी

२७ असोज, काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफ्नी छिमेकीविरुद्ध सीबीआईमा उजुरी गरेकी छन् । अभिनेता सुशान्त सिंह राजपुत र आफ्नो बारेमा गलत बयान दिएको भन्दै रियाले छिमेकी विरुद्ध उजुरी गरेकी हुन् ।

हाल सुशान्तको मृत्युको जाँच गरिरहेको सिबिआईसँग रियाकी छिमेकीले सुशान्त र रियालाई उनको मृत्यु हुनु एक दिन अघिसँगै देखेको बयान दिएकी थिइन् । तर पछि उनले बयान बदलेकी थिइन् । उनले केहि च्यानललाई दिएको अन्तर्वार्तामा समेत जुन १३ मा सुशान्त र रियालाई देखेको दाबी गरेकी थिइन् ।

ड्रग प्रकरणमा जेल बसेर अहिले जमानतमा बाहिर आएकी रियाले छिमेकी ति महिलाले गलत बयान दिएको भन्दै कारवाहीका लागि उजुरी दिएकी हुन् ।

सुशान्त प्रकरणमा बलिवुडको बद्नाम गरेको भन्दै दुई टेलिभिजन च्यानलविरुद्ध बलिवुडका ३४ निर्माण कम्पनिले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेपछि रियाले पनि सुशान्त प्रकरणमा फेक न्युज चलाउने मिडियाविरुद्ध अदालत जाने तयारीमा रहेको बताइएको छ । ड्रग प्रकरणमा जमानत पाएपछि रियालाई अहिले बलिवुडको एक सेक्सनले सपोर्ट गरिरहेको देखिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय