सगरमाथाको उचाइ घोषणा तयारी अन्तिम चरणमा
नेपालबहस संवाददाता
असोज २७, २०७७ मंगलबार २०:५०:५
२७ असोज, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको छ । नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा छलफल गरिरहेको छ ।
नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएकाले अब घोषणाका लागि कुनै प्राविधिक तयारीको काम बाँकी नभएकाे बताएका छन । नेपालले उचाइ मापन गरिरहेकै समयमा चीनसँग उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएपछि नापी विभागले त्यसलाई पर्खेको छ । गत बर्षको अक्टोबार महिनामा चिनियाँ राष्ट्र«पति सि जिनफिङको भ्रमणको समयमा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो ।
सो भ्रमण पश्चात जारी गरिएको संयुक्त विज्ञप्तिको बुँदा नं ८ मा भनिएको छ, ‘सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्नेछन् जस्तो जलवायु परिवर्तनको विषय र वातारण प्रवद्र्धनमा सहकार्य गर्ने छन् । दुवै मुलुकले सगरमाथाका उचाई संयुक्त रुपमा घोषणा गर्नेछन् र बैज्ञानिक अध्ययन गर्नेछन् ।’
सो भ्रमणपछि चिनियाँ अधिकारीहरुले सन् २०२० को मे महिनामा चीनतर्फबाट उचाइ मापन गरेका थिए । पछिल्लो समयमा नेपाल र चीनबीचमा उचाइ घोषणाका सम्बन्धमा कुराकानी भइरहे पनि सरकारी अधिकारीहरुले यस विषयमा केही पनि बताएका छैनन् । सगरमाथाको उचाइ ८,८४८ मिटर हो । तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको हो ।
सरकारी अधिकारीहरुका अनुसार नेपालको तर्फबाट काम सकिएपनि दुई पक्षको बीचमा डाटा र सूचनाहरुको आदान–प्रदान, एक पक्षले अर्को पक्षले गरेको मापनको काम परीक्षण र केही गल्ती भएको भए त्यसलाई पुनः परीक्षण गर्नेलगायतका काम गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो । सरकारी अधिकारीहरुका अनुसार परराष्ट्र मन्त्रालयले जति छिटो चिनियाँ पक्षसँग बसेर यो विषय टुंगो लगाउँछ, त्यति नै छिटो उचाइ घोषणा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार