दोश्रो बजार सुस्ताउनुको यस्तो छ कारण
आर्थिक संवाददाता
असोज २७, २०७७ मंगलबार २२:२०:७
२७ असोज, काठमाडाैं । आज शेयरबजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक ९ दशमलव ४२ अंकले घट्दै १५६८ दशमलव ५९ को विन्दुमा बन्द भएको छ । आज १९३ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ८१ करोडको शेयर कारोवार भएको छ ।
नेप्से परिसूचक शुन्य दशमलव ६० प्रतिशतले घटेको छ । बजार १५८३ दशमलव २९ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १५८४ दशमलव ७० रहेको थियो । बजारले १५६७ दशमलव २४ को न्यून विन्दु समातेको थियो ।
बजारको आजको प्रवृत्ति हेर्दा बजारमा बिक्रीकर्ताहरु हावी भएको देखिन्छ । त्यस्तै आज बजार न्यून विन्दुको वरीपरी नै बन्द भएको छ । यसलाई ईण्ट्राडे लो भनिन्छ र यस्तो प्रवृत्तिलाई सकारात्मक मानिदैन्।
असोज मसान्तमा व्याज तिर्नुपर्ने प्रेसर र दशैँ नजिकिदै जाँदा बजारमा शेयर बेच्ने नै हावी भएको प्रस्ट देख्न सकिन्छ । वाणिज्य बैंक उपसुचकमा चमक आउँन नसक्नुले गर्दा बजार १६०० माथि बस्न नसकेको प्रस्ट देखिन्छ।
ट्रेडिङ्ग, उत्पादन तथा प्रसोधन र म्युचअल फण्ड उपसुचकमा मात्र वृद्धि देखिएको र अन्य सबै उपसुचकमा गिरावट आएको छ । हाईड्रोपावर उपसुचकमा भने आज निकै ठूलो गिरावट देखिएको छ । हाईड्रोपावर उपसुचकमा आज २ प्रतिशत माथिको गिरावट देखिएको छ।
केही दिन अघि १६०० को विन्दु माथि बजार बस्न सफल भए पनि त्यसपश्चात भने बजारमा पुन बिक्री चाप आएको थियो । यसको अर्थ बजारलाई १६०० को विन्दु अहिलेको लागि फलामको चिउरा चपाउनु जस्तै गारो देखिएको छ। यो विन्दुमाथि बजार केही समय रहन सकेकोमात्र अब बुलिश यात्रा देखिने जानकार बताउँछन् ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६१५ । प्रतिरोध १ः १५८० । टेवा १ः १५६६ । टेवा २ः १५४०
✍ आज शेयर कारोबार खुलेदेखि बजार घट्दो प्रवृत्तिमा रहेको छ । आजको मैनबत्तीले “बियरिस” मैनबत्तीको आकृति बनाएको छ, यसले बजार केही सच्चिन सक्ने संकेत गरेको छ । आजको परिमाण भने सामान्य रहेको छ ।
✍ दैनिकी अवधिमा “आरएसआई” ५७ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा विक्रेताको चाप रहेको जानकारी गरेको छ।
✍ “एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले पनि बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ। “अन ब्यालेन्स भल्यूम” ले बजारमा माग बढी रहेको जानकारी गराएको छ।
✍ यदि बजार १६१५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने देखिन्छ । हालको तत्कालिन टेवा १५४० को क्षेत्रमा रहेको देखिन्छ । नेप्से १५४० भन्दा माथि स्थिर रहनु भनेको बजार सकारात्मक क्षेत्रमा रहनु बुझिन्छ ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार