शनिबार , कार्तिक ८, २०७७

विवाद छताछुल्ल भएपछि पदाधिकारीलाई काठमाडौं बोलाइयो

विवाद छताछुल्ल भएपछि पदाधिकारीलाई काठमाडौं बोलाइयो

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपाले पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं बोलाएको छ ।

कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका बीच भएको छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएको हो ।

प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र गुलावजङ्ग शाहलाई पनि काठमाडौं बोलाइएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् ।

आज दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका छन । आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ ।अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल-प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।

माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेतक बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । यसले गर्दा मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

 

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय