पत्रकारहरुले थाल ठटाएर घेरे प्रधानमन्त्री निवास बालुवाटार
नेपालबहस संवाददाता
असोज २७, २०७७ बुधबार २:६:२०
२७ असोज, काठमाडौं । संचार गृहहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरुले मंगलबार थाल ठट्टाउँदै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । लामो समयदेखि ठूला मिडिया हाउसले कर्मचारीहरुलाई जबरजस्ती कामबाट निकालेको, न्यनतम पारिश्रमक समितिले निर्धारण गरेको तलब नदिएको, कामबाट निकालएका पत्रकार तथा कर्मचारीहरुलाई तत्काल पुर्नबहालीको माग राखेर आन्दोलनमा उत्रिएका पत्रकारहरु र श्रमजीवीहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा सरकार कता छ भन्दै घेराउ गरेका हुन् ।
कोरोना महामारीको बेला न्युनतम मानवीयतालाई बिर्सेर मिडिया मालिकहरुले पत्रकार र कर्मचारीको पेटमा लात हानेर सडकमै पुर्याइदिएपछि त्यसको प्रतिरोध सडकबाटै गर्ने भन्दै थाल ठटाएर नाराबाजीसहित भब्य प्रदर्शन गरेका थिए । पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्व र समन्वय र सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णको मुख्य संयोजनमा गत असोज १५ गतेबाट रिले अनसन, मिडिया हाउस घेराउ गर्दै आज बालुवाटारमा थाली ठटाएर, नाराबाजी गर्दै घेराउ गरिएकाे हाे ।
प्रदर्शनमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जैसी, अर्का केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियनका नेता जगनाथ दुफाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी सहभागी थिए ।
साे प्रदर्शनमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरु, आठवटै ट्रेड युनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, महासचिव राजन तामाङ, कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिका संयोजक श्रीराम वाग्ले, कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता गरेहेका थियो ।
दशैंलगत्तै दोश्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार