शुक्रबार , कार्तिक १४, २०७७

सप्तरीमा कोरोनाबाट जनप्रतिनिधिको मृत्यु 

सप्तरीमा कोरोनाबाट जनप्रतिनिधिको मृत्यु 

२७ असोज, राजविराज ।  सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ ।

अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

यसैबीच आज एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ । तीमध्ये एक हजार १२९ घर फर्केका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय