मंगलबार , कार्तिक ११, २०७७

फेसबुकमा खुल्यो ‘बलात्कारी संगठन’ नामक पेज, प्रहरीले थाल्यो अनुसन्धान

फेसबुकमा खुल्यो ‘बलात्कारी संगठन’ नामक पेज, प्रहरीले थाल्यो अनुसन्धान

२७ असोज,काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा ‘बलात्कारी संगठन’ (Raper Association) पेज खोल्नेविरुद्ध अनुसन्धान सुरु गरेको छ । असोज २६ गते सोमबार कस्मात् ‘रेपर एसोसियसन’ नामक पेज खोलिएपछि नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले अनुसन्धान थालेको हो ।

साइबर क्राइम ब्यूरोले हिजो (सोमबार) बाटै अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको हो । यस क्रियाकलापमा संलग्नलाई जतिसक्दो चाँडै नियन्त्रणमा लिएर कारबाही गर्ने पनि ब्यूरोले जनाएको छ ।

त्यसो त, गत शनिबार मात्रै काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीविरुद्ध फरक शैलीको विरोध प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा कालो कपडा लगाएका र मुख छोपेका युवतीहरुले धिमे बाजामा ‘बलात्कारी होस् तँ’ भन्दै विरोध गरेका थिए ।

उक्त विरोधपछि सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन ‘बलात्कारी संगठन’ नामको पेज खोलिएको थियो । उक्त पेजको अहिले चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय