शनिबार , कार्तिक ८, २०७७

गण्डकीमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु

गण्डकीमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु

२७ असोज, गण्डकी ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । यही असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेंसीशहर नगरपालिका वडा नं २ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए। प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने निज बाह्रौँ संक्रमित रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय