शुक्रबार , कार्तिक १४, २०७७

महानायक राजेश हमाल खलनायक भएको भन्दै पुत्ला दहन, क्रिश्चियनको पैसा खाएको आरोप

महानायक राजेश हमाल खलनायक भएको भन्दै पुत्ला दहन, क्रिश्चियनको पैसा खाएको आरोप

२७ असोज, काठमाडौं । क्रिश्चियनको जुठोपुरो खाएर हिन्दुत्व समाप्त पार्ने र हिन्दुहरुको हुर्मत लिने काममा मतियार बनेको भन्दै हिजो सोमवार नायक राजेश हमालको राजधानी मै पुत्ला दहन भएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भीमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनमा सुरु गरेको ‘जातका प्रश्न’ नामको कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताए । नेपाली समाजको विभेद र छुवाछुतको अन्यका लागि भन्दै सुरु गरिएको टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी रहेको छ ।

हिन्दु विरोधी र चर्चबाट परिचालित व्यक्तिलाई कार्यक्रममा बोलाएर नेपाली समाजको हुर्मत लिने काम गरेपछि हमालको पुत्ला जलाईएको यादवले दावी गरे । ‘हिन्दु मात्र होईन, हरेक समाजमा विभेद र छुवाछुत छ । यसको मतलव हिन्दु धर्मले विभेद खडा गरेको भन्ने बुझाई गलत हो’– उनले भने । हिन्दु धर्मका कुनैपनि ग्रन्थले विभेद गर्न नसिकाएको बताएका उनले क्रिश्चियनको पैसा खाएर हिन्दुहरुलाई बदनाम गर्ने र हिन्दुत्वमाथि प्रहार गर्ने काममा नायक हमालको संलग्नताप्रति आपत्ति जनाए ।

‘जातका प्रश्न’ नामको कार्यक्रम विभेद र छुवाछुत विरुद्ध नभई हिन्दु र हिन्दुत्व विरुद्ध सुनियोजित रुपमा सुरु गरिएको यादवको दावी छ । ‘हमाललाई नेपाली समाजका दलित र विभेदमा पारिएकाहरुको त्यति धेरै चिन्ता भए हिन्दु संस्कार धानेका गुरु र सन्तहरुलाई बोलाएर पनि यो कार्यक्रम गर्न सक्थे । उनीहरुले हिन्दु संस्कार र विभेदका विरुद्ध ग्रन्थमा उल्लेख भएका कुराहरु सुनाउँथे’ उनले थपे–‘ तर, हिन्दु विरोधी र चर्चको पैसा खाएकाहरलाई कार्यक्रममा बोलाएर हिन्दुहरुको हुर्मत लिने काम भयो । यो आपत्तिजनक छ ।’

राजेश हमाल नायक नभएर खलनायक भएको पछिल्लो घट्नाक्रमले पुष्टि गरेको यादवको भनाई छ । नेपाली समाजले नै मानिदिएका कारण नायक भएका हमालले त्यहि समाजप्रति कुठाराघात गरेको उनको आरोप छ । ‘हमालले जातका प्रश्न नामको कार्यक्रम तत्काल बन्द गरेर हिन्दु समाजसँग माफी माग्नु पर्छ’ यादवले भने–‘ त्यति मात्रै होईन, नेपाली समाजमा विग्रह पैदा गर्ने र हिन्दुत्व समाप्त पार्न षडयन्त्रपुर्वक सुरु गरिएको त्यो कार्यक्रम सदाका लागि बन्द हुनुपर्छ।’

नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल बन्द गराउन यादवले सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यस पटकको दशैँमा आपराधिक घटनामा कमी यस पटकको दशैँमा आपराधिक घटनामा कमी २१ घण्टा पहिले
दशैँको टीका विजयादशमीको तीनदिनपछि लगाउँदै दशैँको टीका विजयादशमीको तीनदिनपछि लगाउँदै २२ घण्टा पहिले
दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम २ घण्टा पहिले
हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी, जडिबुटीका बिरुवा जलेर नष्ट हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी, जडिबुटीका बिरुवा जलेर नष्ट ८ घण्टा पहिले
चन्द्रागिरि र ललितपुरको गोदावरीमा दुई जना मृत फेला चन्द्रागिरि र ललितपुरको गोदावरीमा दुई जना मृत फेला २० घण्टा पहिले
सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने २२ घण्टा पहिले
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा ४ घण्टा पहिले
बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागू औषधसहित पक्राउ बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागू औषधसहित पक्राउ २ घण्टा पहिले