शनिबार , कार्तिक ८, २०७७

मल वितरण प्रणालीमा पारदर्शिता नभएको आरोप

मल वितरण प्रणालीमा पारदर्शिता नभएको आरोप

२७ असोज, वीरगञ्ज । पर्सा जिल्लामा किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामग्री लिमिटेड प्रादेशिक कार्यालय तथा साल्ट ट्रेडिङ् कर्पोरेशनले वितरण गर्दै आएको रासायनिक मलमा पारदर्शिता नभएकाले वास्तविक किसानले मल पाउने नसकेको आरोप जनप्रतिनिधिहरुले लगाउँदै आएका छन् ।

ती दुई संस्थाले आफ्ना डिलरमार्फत ग्रामीण क्षेत्रमा रासायनिक मल पठाए पनि डिलरहरुले कालोबजारी गरी मल बेच्ने गरेकाले वास्तविक किसान मल पाउनबाट बञ्चित भएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । कृषि ज्ञान केन्द्र पर्साले आयोजना गरेको स्थानीय तहसँगको एकदिने समन्वय गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधिले रासायनिक मल वितरण प्रणालीमा पारदर्शिता नहुँदा ठोरी गाउँपालिकालगायतका क्षेत्रसम्म रासायनिक मल नपुगेका कारण यसको प्रत्यक्ष प्रभाव धान खेतीमा पर्न गएको बताएका छन् ।

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले मल वितरण प्रणालीमा पारदर्शिता नभएको, कसलाई कति मल उपलब्ध गराएको सोबारे जानकारी नभएको आरोप लगाए । तीन तहको सरकारबीच समन्वय नभएको, प्रदेश सरकारअन्तर्गत योजनाहरु भएको, स्थानीय तहलाई रासायनिक मल वितरण गर्न अधिकार नदिएको विषयमा छलफलमा कुरा उठेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरू श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरू १४ घण्टा पहिले
ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य ट्रम्प र बाइडेनको अन्तिम बहस : ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य ११ घण्टा पहिले
शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते नेकपाका सचिवको मृत्यु शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते नेकपाका सचिवको मृत्यु १२ घण्टा पहिले
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार ११ घण्टा पहिले
लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स ३ घण्टा पहिले
सैनिक मञ्च टुँडिखेलमा तोप पडकाएर बढाई सैनिक मञ्च टुँडिखेलमा तोप पडकाएर बढाई ७ घण्टा पहिले
मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी १४ घण्टा पहिले
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने १२ घण्टा पहिले