सरकारी राजश्व दुरुपयोग अभियोगमा कर्मचारीविरुद्ध मुद्दा
नेपालबहस संवाददाता
असोज २७, २०७७ बुधबार ३:२:३४
२७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयमा उठेको राजश्व सरकारी खातामा जम्मा नगरी दुरुपयोग गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका –४ सुर्खेतमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । करार सेवाअन्तर्गत प्रशासन सहायक रत्नबहादुर विकले राजश्व रकम सरकारी खातामा जम्मा नगरेको भन्ने सूचनाका आधारमा गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
वडा नं ४ मा रु २० लाख २० हजार ६७ राजश्व संकलन भएकामा रु चार लाख १६ हजार ६०० मात्रै बैंकमा दाखिला गरी रु १६ लाख तीन हजार ४६७ हिनामिना गरेको आयोगको अनुसन्धानमा खुलेको थियो ।संकलित राजश्व कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव इन्द्रप्रसाद अधिकारीको समेत संलग्नता रहेको पाइएको छ । आयोगले राजश्व दुरुपयोग गर्ने विकविरुद्ध रु १६ लाख तीन हजार ४६७ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
यस्तै रु सात लाख १६ हजार ७१७ बराबरको रकम दुरुपयोग गरेको अभियोगमा वडा सचिव अधिकारीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अभियुक्त दुवैलाई कसुरअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार