शनिबार , कार्तिक ८, २०७७

हुम्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

२७ असोज, सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट – ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् ।

धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट बमबहादुर थापाले जानकारी दिए ।

पाँचदिनदेखि टेलिफोन सेवाले काम नगर्दा स्थानीय सञ्चारबाट विच्छेद हुनाका साथै टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको नुर्बु बुढाको भनाइ छ ।

मर्मतका लागि नेपाल टेलिकम सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरिएको स्थानीयवासीले आरोप लगाएका छन् । नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा स्थानीयवासीले बारम्बार समस्या भोग्दै आउनुपरेको छ । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको थापाले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन १५ घण्टा पहिले
पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता ६ घण्टा पहिले
बिकट बस्तीमा वर्षौपछि शुद्ध खानेपानी, स्थानीयवासी खुशी बिकट बस्तीमा वर्षौपछि शुद्ध खानेपानी, स्थानीयवासी खुशी ५ घण्टा पहिले
आमाको घरमा चोरी गर्ने छोरासहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी आमाको घरमा चोरी गर्ने छोरासहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी ४ घण्टा पहिले
विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु १७ घण्टा पहिले
अपराध हुन नदिनका लागि कानूनी साक्षरता आवश्यक : मन्त्री तुम्बाहाङ्फे अपराध हुन नदिनका लागि कानूनी साक्षरता आवश्यक : मन्त्री तुम्बाहाङ्फे ८ घण्टा पहिले
रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ५ घण्टा पहिले
छोरीलाई गोली हान्ने बुबा कारागार चलान छोरीलाई गोली हान्ने बुबा कारागार चलान १५ घण्टा पहिले