मेसिनले धान काट्दै मकवानपुरका किसान
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार १४:८:३
२८ असोज, वाग्मती । परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन लागत कम गर्न कृषिको यान्त्रिकीकरण शुरु गरेको हो । किसानले उत्पादनमा व्यहोर्नुपर्ने लगानीलाई सकेसम्म कम गर्न विभिन्न कृषि उपकरण वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँ बताउछन।
अघिल्ला अर्थिक वर्षमा धान रोप्ने, मकै गोढ्नेलगायत उपकरणका साथै ठूला ट्र्याक्टर, पावर टिलर तथा सयौँको सङ्ख्यामा हाते ट्र्याक्टर वितरण गरिएको उनले जानकारी दिए । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषि यान्त्रिकीकरण प्रवद्र्धन गर्न धान काट्ने उपकरण वितरण गरिएको उनले बताए । यसै वर्ष कृषिका लागि बहुउपयोगी ठूला ट्र्याक्टर वितरण गरिने उनले जानकारी दिए । कृषि उपकरण वितरणमा सहकारीसँग साझेदारी गरिएको भए पनि अबका दिनमा किसान र सहकारीले ५० प्रतिशत लगानी व्योहोर्नुपर्ने र बाँकी ५० प्रतिशत गाउँपालिकाले व्योहोर्ने गरी योजना बनाइने उनको भनाइ छ ।
यसैबीच एक कार्यक्रमकाबीच मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले कृषि सहकारीलाई मेसिन हस्तान्तरण गर्नुका साथै धान काटेर मेसिनको उद्घाटन गरे । अध्यक्ष हुमागाईँले श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी–३ का प्रबन्धक गीता लम्साल र एकीकृत शत्रुजीव व्यवस्थापन ‘आइपिएम’ कृषक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–६ का उपाध्यक्ष बद्रीप्रसाद दाहाललाई उपकरण हस्तान्तरण गरे । एक घण्टामा १० कठ्ठाभन्दा बढी क्षेत्रको धान काट्न मिल्ने उपकरणको प्रयोग सामान्य तालिमप्राप्त जोकेहीले पनि गर्न सक्ने मकवानपुरगढी गाउँपालिका–६ का अध्यक्ष टीकाप्रसाद दाहालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार