शुक्रबार , कार्तिक ७, २०७७

बुटवलमा नवलपरासी पश्चिमका संक्रमित पुरुषको मृत्यु

बुटवलमा नवलपरासी पश्चिमका संक्रमित पुरुषको मृत्यु

२८ असोज, काठमाडौं । नवलपरासी पश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।  उनी मुटु रोगीसमेत रहेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय