शुक्रबार , कार्तिक ७, २०७७

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित

२८ असोज, काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् ।

मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय