शुक्रबार , कार्तिक १४, २०७७

पृथ्वी र मंगल ग्रह आमने सामने

पृथ्वी र मंगल ग्रह आमने सामने

२८ असोज, काठमाडौं । नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिएको छ । गए राति मंगल ग्रह निकै चम्किलो समेत देखिएको थियो । खगोलविद्हरुका अनुसार पृथ्वी र मंगल ग्रह आमने सामने भएका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

काठमाडौंस्थित नेपाल एस्ट्रोनोमिकल सोसाईटी ‘नासो’ का अनुसार अरु बेलाभन्दा गए राति मंगल ग्रह निकै चम्किलो देखिएको थियो । मंगल ग्रह पृथ्वीबाट यतिको नजिक अब सन् २०३५ मा मात्रै आउने छ । प्रत्येक २६ महिनामा पृथ्वी मंगल ग्रह आमने सामने हुन्छ ।

यसलाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भन्ने गरिन्छ । वैज्ञानिकहरु पृथ्वी र मंगल ग्रह यसरी आमने सामने हुनुलाई दुर्लभ खगोलीय घटना समेत मान्छन्। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुने गर्छन्।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय