शनिबार , कार्तिक १५, २०७७

चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

२८ असोज, स्याङजा । चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मंगलबार एकै दिन १४ जनामा संक्रमण देखिएपछि नगरपालिकाले कोरोना संक्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नुभएको छ । नगरप्रमुख गिरीले कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पूर्णरूपमा अपनाउँदै सचेत रहन नगरवासीमा अपिल गर्दै संक्रमितको उपचारसहित सम्पूर्ण व्यवस्था प्रदेश र संघ सरकारसँग समन्वय र सहकार्य गरी अभिभावकत्व कायम गर्न नगरपालिका तत्पर रहेकाले धैर्य र सुरक्षित रहनसमेत आग्रह गरेको छन् । खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्ने क्रममा ३९ जनाको स्वाब संकलन गरिएकामा १४ जनामा संक्रमण देखिएपछि अन्यको पनि स्वाब संकलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । संक्रमण देखिएका १० पुरुष र चार महिलामध्ये १३ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा र एक जनाको पोखरामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

कोरोना संक्रमण देखिनेमा केही दिन पहिले चापाकोटमा बिएम फाउण्डेशन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेशन फाउण्डेशनद्वारा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरमा सहभागी भएकाहरु छन् । शिविरमा सहभागी चिकित्सक र आयोजकसमेतमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि आइसोलेसनमा उपचार गराइरहेका बेला अन्य स्थानीयवासीमा समेत कोरोना देखिएपछि चापाकोट नगरपालिकामा कोरोना संक्रमण थप फैन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ । यता वालिङ बजारमा समेत व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सतर्कता अपनाउन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति ६ घण्टा पहिले
टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का १७ घण्टा पहिले
देहरादूनमा विद्यार्थीमाथि भएको घटनाप्रति सरकार गम्भीर छ ! देहरादूनमा विद्यार्थीमाथि भएको घटनाप्रति सरकार गम्भीर छ ! १९ घण्टा पहिले
टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त २ घण्टा पहिले
तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग २३ घण्टा पहिले
आज थप ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ संक्रमणमुक्त ! आज थप ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ संक्रमणमुक्त ! २३ घण्टा पहिले
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पतालको स्तरोन्नति बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पतालको स्तरोन्नति ५६ मिनेट पहिले
दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यु ३४ मिनेट पहिले