केराले सहज बजार पाएपछि किसान खुशी
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार १७:५४:४
२८ असोज,टीकापुर । लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् । टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन नपाएपछि नेपाली केराले राम्रो बजार पाएको केरा व्यवसायी बताउँछन् ।
“यो समय राम्रो केरा उत्पादन हुने समय हो । यतिखेर केराले बजार पाएमा किसानले राम्रो आम्दानी लिन सक्छन्”, केरा व्यवसायी शेरबहादुर साउदले भने, “लकडाउनको पाँच महिना घाटा भयो । त्यो घाटा अहिले पूर्ति गर्ने सोचले हामी ढुक्क भएका छौँ । अहिले केरा धमाधम गइरहेको छ ।”
अघिल्ला वर्षजस्तो व्यापार नभए पनि अहिलेको अवस्थाअनुसार राम्रै व्यापार भइरहेको साउदले बताए । “विगतमा भारतीय केराले बजार ढाक्थ्यो, हाम्रो उत्पादनले मूल्य पाउन कठिन हुन्थ्यो”, साउदले भने, “यस वर्ष बजार पनि पाइएको छ र मूल्य पनि पाउन सहज भएको छ । सबै बजार नेपाली केराले ओगटेको छ ।”
अहिले केरा व्यवसायीको बारीबाटै प्रतिदर्जन रु ३५ देखि ४० मा र किलोका हिसाबमा बिक्री गर्ने व्यवसायीले प्रतिकिलो रु २० देखि २४ मा काँचो केरा बेचिरहेका छन् । आफूले सोचेअनुसार केराको व्यापार गर्न नसके पनि अहिलेको समयअनुसार यो मूल्य राम्रै भएको अर्का केरा व्यवसायी नेपबहादुर चौधरीले बताए । “लकडाउनको समयमा मैले पनि लाखौँको घाटा व्यहोरे, पाकेका केरा बारीमै सडे”, चौधरीले भने, “त्यो बेला बिक्री नभएका केरा क्वारेन्टिनमा बसेका नागरिकलाई बाँडे, अहिले व्यापार राम्रो छ ।”
कोरोना भाइरससंक्रमण .को जोखिमपछि भारतबाट आउने केरा सजिलै आउन सकेको छैन । सरकारले पनि भन्सारमा कडाइ गरेका कारण यहाँका केराले बजार पाएको केरा व्यवसायी विनोदकुमार शाह बताए । “भन्सारमा कडाइ गरिँदा नेपाली केरा किसानले राहत पाए, लकडाउनमा मेरो त करोडौं घाटा भयो, अहिले चित्त बुझेको छ”, शाह भने, “अहिले दैनिक छ ट्रकसम्म केरा बाहिरी जिल्ला जाने गरेको छ ।”
कैलालीमा उत्पादन भएको केरा सुदूरपश्चिमका पहाडी जिल्लालगायत नेपालका ठूला शहर सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडांैसम्म निर्यात हुने गरेको छ । अहिले उत्पादन भएको केरा बजारमा पठाउने समय हो । चैतमा उत्पादन भएका केरा बजार पठाउने समयमा लकडाउनका कारण घाटा व्यहोरेका केरा व्यवसायी अहिले पनि लकडाउनको हल्लाले चिन्तित भएका छन् । “दैनिक छ ट्रक केरा बाहिरी जिल्ला जान्छ, लकडाउन भए हामी त बर्बाद हुन्छौँ”, व्यवसायी शाहले भने, “अब बजार, यातायात बन्दजस्ता कार्य गर्नुहुन्न । अब कृषि नै अर्थतन्त्रको आधार हो । कृषिका लागि सहज वातावरण चाहिन्छ ।”
केरा व्यवसायी संघ कैलालीकाअनुसार कैलालीमा एक हजार हेक्टर जमिनमा केराखेती भइरहेको छ । एक हजार हेक्टरमध्ये रानी जमरा, कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मात्र ७५० हेक्टरमा केराखेती भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार