सोमबार , कार्तिक १०, २०७७

बिपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

बिपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

२८ असोज,धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मंगलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मधुमेहको बिमारी भएको बताइएको छ ।यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह ९ घण्टा पहिले
दशैँले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् : राजदूत क्वात्रा दशैँले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् : राजदूत क्वात्रा २ घण्टा पहिले
गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग २४ घण्टा पहिले
हाम्रो टीम नेपालद्धारा खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा हाम्रो टीम नेपालद्धारा खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा ३६ मिनेट पहिले
पछिल्लो २४ घण्टामा उपत्यकामा १५३५ जनामा संक्रमण पछिल्लो २४ घण्टामा उपत्यकामा १५३५ जनामा संक्रमण २३ घण्टा पहिले
“असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! “असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! २१ घण्टा पहिले
सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! ९ घण्टा पहिले
यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर १८ घण्टा पहिले