शनिबार , कार्तिक १५, २०७७

अब दशैंपछि बामदेवविरुद्धको मुद्दाको संवैधानिक इजलास तोकिने

अब दशैंपछि बामदेवविरुद्धको मुद्दाको संवैधानिक इजलास तोकिने

२८ असाेज, काठमाडाैं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेको छैन । आज सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश जबराले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।

यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ । राजनीतिक चलखेलले गौतमको मुद्दा संवैधाननिक इजलासको पेसीमा चढ्न नसकेको एक जना वरिष्ठ अधिवक्ताको भनाइ छ ।

अब दशैंपछि कात्तिक १७ गते वा १९ गते मात्र गौतमको मुद्दाको संवैधानिक इजलास तोकिन सक्ने सम्भवाना रहेको गौतम पक्षका कानुन व्यवसायी अधिवक्ता सुरेन्द्र थापाले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय