शुक्रबार , कार्तिक १४, २०७७

दिसाजन्य फोहर व्यवस्थापनका लागि डीपीआर तयार

दिसाजन्य फोहर व्यवस्थापनका लागि डीपीआर तयार

२८ असोज, लमही । लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन ‘डीपीआर’ बनाएको छ । नेपाल नगरपालिका संघको सहकार्यमा शुरु गरिएको सो परियोजनाअन्तर्गत डीपीआर बनाइएको परियोजनाका स्रोत व्यक्ति गायत्रीकुमारी थापाले जानकारी दिए । सो डीपीआरबारे नगरपालिकाका प्राविधिकलाई जानकारी दिएसँगै केही दिन भित्रै ठेक्का आह्वान गरिने बताइएको छ ।

परियोजना सञ्चालनका लागि नगरपालिका र संघबीच मिति २०७५ पुष १० मा सम्झौता भएको थियो । सो संघको सहकार्यमा देशभरका पाँच नगपालिकामा पनि यस प्रकारको परियोजना शुरु गरिएको छ । संघको सहकार्यमा नगरमा परीक्षणका रूपमा शहरी सरसफाइसँग सम्बन्धित कार्यको नमूना अघि बढाइएको छ ।

सो परियोजना अन्तर्गत उक्त नगरपालिका–५ मा रहेको ल्याडफिल्ड साइटमा यसै वर्ष भौतिक संरचना निर्माण गरिने र यसका लागि रू दुई करोड खर्च लाग्ने स्रोत व्यक्ति थापाले बताए । यसका लागि उक्त नगरपालिकाले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिसकेको छ ।डीपीआर निर्माण तथा नीति निर्माणमा उक्त संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नुपर्ने छ ।

सो परियोजना शुरु भएपछि शौचालयको सेप्टी ट्याङकीबाट निस्कने फोहोर व्यवस्थापन गर्न सहज हुने भएको छ । यसबाट कम्पोष्ट मल बनाएर विक्रीसमेत गरिनाका साथै वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिका उपप्रमुख देवका वेल्वासेले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय