अत्यधिक बर्षाका कारण भारतको तेलंगानामा १२ को मृत्यु
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार २२:०:२४
२८ असोज, हैदराबाद । भारतको तेलंगाना राज्यमा अत्यधिक बर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ । राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । त्यसैगरी एक जना ४० बर्षीया महिला र उहाँकी छोरीको इब्राहिमपत्नाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको आफ्नै घरको छतले च्यापिएर मृत्यु भएको हो ।
प्रहरी अधिकारीहरुले प्रदेशका धेरै ठाउँमा घर तथा पर्खाल भत्कीने, बाढी पहिरो जानेलगायतका घटनाहरु भएको जनाएका छन् । ती घटनाहरुमा परी अरु धेरै मानिस घाइते भएको विवरणहरु प्राप्त भइरहेको पनि प्रहरी अधिकारीहरुले बताएका छन् । घटनामा परेकाहरुको उद्धार तथा सहयोगका लागि हैदरावाद लोक सभाका सदस्य असादुद्दीन ओवैसीले अनुगमन गरिरहेका छन्
प्रहरी र उद्धारकर्ताहरुले बाढी, पहिरोलगायतका घटनाका कारण प्रभावित र विस्थापितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेका छन् ।प्रदेशभरीमा औसतमा ९८.९ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । पिटिआई
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार