बिहीबारबाट भारतका अधिकांश राज्यमा हलहरु खुल्ने
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार २२:८:३६
२८ असाेज, काठमाडाैं । भारतका अधिकांश राज्यमा बिहीबारबाट हलहरु खुल्ने भएका छन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउन लागेका हुन् । यसैबीच फ्रेस चलचित्रको अभाव हुँदा सुरुवातमा हल संचालकहरुले पुरानै चलचित्र चलाउने तयारी गरेका छन् ।
हल खुलेपछि ‘तान्हाजी, शुभ मंगल ज्यादा सावधान, मलंग, केदारनाथ, थप्पड’ लगायतका चलचित्र चल्ने पक्का भएको छ । अब, नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको चलचित्र ‘वार’ पनि हलमा चल्ने भएको छ ।
केही स्थानमा नायक टाइगर श्राफको चलचित्र ‘बाघी ३’ चलाउने तयारी पनि भैरहेको छ । यस्तै, डिजिटल प्लेटफर्ममा रिलिज भैसकेका ‘दिल वेचरा, सडक २, शकुन्तलादेवी, खुदा हाफीज, गुञ्जन सक्सेना, गुलाबो सिताबो’ लगायतका चलचित्रलाई पनि हलमा रिलिज गर्ने तयारी गरिएको छ ।
तर, भारतमा मुख्य मल्टिप्लेक्स हलहरुले भने यी चलचित्र चलाउन अस्विकार गरेका छन् । भारतमा फ्रेस रिलिजका रुपमा चलचित्र ‘८३’ क्रिसमसमा रिलिज हुनेछ । चलचित्र ‘सूर्यवंशी’ भने जनवरीदेखि मार्च महिना भित्र कुनै पनि दिनबाट चलाउने तयारी निर्माताले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार