बिहिबार , कार्तिक १३, २०७७

कांग्रेसका कार्यकर्ता र प्रहरीबीच सर्लाहीमा झड्प !

कांग्रेसका कार्यकर्ता र प्रहरीबीच सर्लाहीमा झड्प !

२८ असोज, जनकपुरधाम । सर्लाहीमा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झड्प भएकाे छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच आज दिउँसो झड्प भएको हाे ।

भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएका छन ।

झाडु, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन् ।

यता कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन्,  भने ठुलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय