शुक्रबार , कार्तिक ७, २०७७

अब निःशुल्क काेराेना परीक्षणको लागि नयाँ मापदण्ड

अब निःशुल्क काेराेना परीक्षणको लागि नयाँ मापदण्ड

२८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड तोकेको छ । मन्त्रालयले निःशुल्क कोभिड परीक्षणको लक्षित समूह तोकेको हो । स्वास्थ्य मन्त्रालय प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नयाँ मापदण्ड अनुसार निम्न आर्थिक अवस्थाका व्यक्ति तथा समूहको निशुल्क कोभिड परीक्षण हुने बताएका छन् ।

जसमा आर्थिक रुपले विपन्न अशक्त, असाहय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतीमा खटिने स्वास्थ्यकर्मीहरु , सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरु लगायतका रहेका छन् ।

गौतमका अनुसार निशुल्क परीक्षण गर्ने भनिएका उल्लेखित व्यक्तिहरुले कुनै बिमा कम्पनीमा बिमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बिमा रकमबाट व्यहोरिने निर्णय सरकारले गरेको छ । यही असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय