शुक्रबार , कार्तिक १४, २०७७

अब खाली सिलिण्डरको मूल्य दुई हजार एक सय

अब खाली सिलिण्डरको मूल्य दुई हजार एक सय

२८ असोज, काठमाडौं ।  नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।

यसअघि संघले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ ।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता ‘डिलर’मार्फत लिनसमेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिण्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।

संघले तोकेको नयाँ मूल्य अुनसार रु एक सय बिक्रेताका लागि छुट्याइएको जनाएको छ । सङ्घले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिण्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ ।

उद्योग तथा बिक्रेता अुनसार खाली सिलिण्डरको मूल्य रु तीन हजार ५०० सम्म लिने गरिएकोमा आजबाट सबै उद्योगका सिलिण्डरको मूल्य रु दुई हजार एक सय लागू भएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा दर्ता ६ दिन पहिले
नेपाल–भारत सीमा क्षेत्रबाट लागु औषध र सुनसहित चार पक्राउ नेपाल–भारत सीमा क्षेत्रबाट लागु औषध र सुनसहित चार पक्राउ ५ दिन पहिले
भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई संक्रमण पुष्टि भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई संक्रमण पुष्टि ५ दिन पहिले
यस वर्ष दशैँमा खसीबोका बिक्री नहुँदा किसानलाई खर्च जुटाउन मुश्किल यस वर्ष दशैँमा खसीबोका बिक्री नहुँदा किसानलाई खर्च जुटाउन मुश्किल ६ दिन पहिले
चिर्पट प्रहार गरेर श्रीमतीको हत्या चिर्पट प्रहार गरेर श्रीमतीको हत्या ४ दिन पहिले
मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला ९ घण्टा पहिले
मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी ७ दिन पहिले
चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग ४ दिन पहिले