शनिबार , कार्तिक ८, २०७७

सीमा मिचिएको विषयमा सरकारले ढाकछोप गरेको कांग्रेसको आरोप

सीमा मिचिएको विषयमा सरकारले ढाकछोप गरेको कांग्रेसको आरोप

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा चीन सरकारलाई प्रोटेष्ट नोट पठाउन माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीको टोलीले नेपाली भूमि मिचेको प्रमाणसहित सार्वजनिक गर्दा पनि सरकार मौन बसेको भन्दै कांग्रेसले सरकारको आलोचना समेत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सीमा मिचिएको विषयमा सरकारले ढाकछोप गरिरहेको आरोप लगाएका छन् ।कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।’

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा दुई किलोमिटर भूमि अतिक्रमण हुँदासमेत सरकारले सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु आपत्तिजनक रहेको बताएको छ ।

‘विज्ञप्तिमा अगाडि भनिएको छ, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।

सीमा अतिक्रमण चीन वा भारतले गरे पनि अस्वीकार्य रहेको भन्दै कांग्रेसले हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय भएको जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन २० मिनेट पहिले
चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा ९ घण्टा पहिले
कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह १४ घण्टा पहिले
ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन १६ मिनेट पहिले
विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी ८ घण्टा पहिले
अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित ८ घण्टा पहिले
खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक ८ घण्टा पहिले
सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने ७ घण्टा पहिले