आइतबार , कार्तिक १६, २०७७

स्पेनमा नयाँ कोरोना संक्रमित फेरि बढ्न थाले

स्पेनमा नयाँ कोरोना संक्रमित फेरि बढ्न थाले

२८ असोज, म्याड्रिड । स्पेनमा कोरोना भाइरस ‘कोभिड-१९’ का नयाँ संक्रमित थपिन थालेका छन् । यहाँ पनि काेरोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो । प्राप्त समाचारअनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो ।

बताइएअनुसार यहाँ गरिएको परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिएको हो । साथै गएको सात दिनमा यहाँ ४८० जनाको निधन भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस सङ्क्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् ।

उनीहरुले स्पेनमा पनि यो संक्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा संक्रमितहरु भेटिन थालेका पनि बताएको छ । चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो सङ्क्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो । एएनआई

यहाँका स्वास्थ्य अधिकारीहरुले यो संक्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी संक्रमित भएको बताएका छन् । पछिल्ला महिनाहरुमा स्पेनमा यसका सङ्क्रमितहरु निकै घटेकोमा हाल आएर बढ्न थालेका बताइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय