शनिबार , कार्तिक ८, २०७७

पत्रकार महासंघका अध्यक्ष खनालसँग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

पत्रकार महासंघका अध्यक्ष खनालसँग ६० हजार धरौटी माग, थुनछेक बहस बाँकी

२८ असोज, बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकका प्रकाशक एवं सम्पादक शिव देवकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बुधबार नुवाकोट जिल्ला अदालतमा हाजिर भएका पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारीसँग अदालतले ६०/६० हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्ने निर्णय गरेको छ ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको अनुपस्थितिमा थुनछेक बहस नहुने भएपछि स्रेस्तेदार ठाकुरप्रसाद त्रितालले धरौटी तारेख दिएका हुन् । अदालतमा न्यायाधीशको उपस्थिति भएपछि ईजलासमा मुद्धा पेश भई थुनछेक बहस हुने बताईएको छ ।

यसअघि घटनामा संलग्न पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल ५० हजार धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।

सचिव खनाल रिहा भएपनि फरार रहँदै आएका अध्यक्ष खनाल र सदस्य भण्डारी अदालतले पक्राउपुर्जी जारी गरेपछि बुधबार अदालतमा हाजिर भएका हुन् ।

गत असोज ५ गते बिदुरस्थित एक होटलमा पत्रकार महासंघको सदस्यता विवाद सम्बन्धी विवादमा पत्रकार देवकोटामाथि पत्रकार महासंघका अध्यक्ष खनालसहितको टोलीले निर्घात कुटपिट गरेको थियो ।

कुटपिटपछि काठमाडौंस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा देवकोटाको उपचार भएको थियो । त्यस लगतै सम्पादक देवकोटाका दाजु शम्भुप्रसाद देवकोटाले महासंघ अध्यक्ष खनालसहित ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ज्यान मार्ने उद्योग गरेको भन्दै जाहेरी दर्ता गराएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय