मंगलबार , कार्तिक ११, २०७७

कांग्रेस र कम्युनिष्टका कारण मुलुकले निकै दुःख झेल्नुपर्यो : महामन्त्री शेरचन

कांग्रेस र कम्युनिष्टका कारण मुलुकले निकै दुःख झेल्नुपर्यो : महामन्त्री शेरचन

२८ असोज, काठमाडौं । नेपाली कांग्रेस ‘बीपी’का केन्द्रीय महामन्त्री सुशीलमान शेरचनले मुलुक निकै कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका छन् । पार्टीको कास्की जिल्ला समितिद्धारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नै महामन्त्री शेरचनले कांग्रेस र कम्युनिष्टका कारण मुलुकले निकै दुःख झेल्नु परेको बताएका हुन् ।

नेकपाको नेतृत्वमा मुलुकमा अहिले लुटतन्त्र मच्चिरहेको महामन्त्री शेरचनले उल्लेख गरे । देशको ढुकुटी सिध्याउने र लुट्ने काममा प्रतिपक्ष दल नेपाली कांग्रेसको समेत संलग्नता रहेको महामन्त्री शेरचनले आरोप लगाए । सडक र सदनमा हुनु पर्ने प्रतिपक्षको भुमिकामा कांग्रेस स्खलित भएको उनले उल्लेख गरे ।

मुलुकमा कोरोना महामारीको सन्त्रास फैलाएर सरकारले जनतालाई आधारभुत आवश्यकताको उपयोगबाट समेत बञ्चित गरेको महामन्त्री शेरचनकाे भनाइ थियाे । कोरोना महामारी फैलनुमा सरकार जिम्मेवार रहेको उनले बताएका छन् ।

पार्टीका कास्की जिल्ला सभापति चन्द्रबहादुर रानाभाटले महामानव बीपीको विचार तथा सिद्धान्त अनुसार पार्टीलाई जनताको सेवामा सर्मपित हुन अपिल गरे ।

सो अवसरमा नेकपा र नेपाली कांग्रेस परित्याग गरि दर्जन बढी तरुण युवाहरु नेपाली कांग्रेस ‘बीपी’ प्रवेश गरेका छन् । आफ्नाे भुतपुर्व पार्टीले जनताको भावना अनुरुप काम गर्न नसकेको उनीहरुले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय