सोमबार , कार्तिक १०, २०७७

कोरोनाले काभ्रेमा थप एक वृद्धाको मृत्यु

कोरोनाले काभ्रेमा थप एक वृद्धाको मृत्यु

२८ असोज, काभ्रेपलाञ्चोक ।  कोरोना संक्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लामा कोरोना भाइरस् संक्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० संक्रमित थपिएका छन् । पोष्टका अनुसार मंगलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना संक्रमण देखियो । आजसम्म संक्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष संक्रमितत हुन् । कूल सक्रिय संक्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् । नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष संक्रमित छन् ।

यस्तै, कुल सक्रिय संक्रमिततमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन संक्रमित छन् ।  काभ्रेको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् ।

जिल्लामा महिलाभन्दा तेब्बर सङ्ख्या हाराहारिमा पुरुषमा कोरोना संक्रमण देखिँदै आएको छ । कुल संक्रमितमध्ये ६१ प्रतिशत पुरुषमा संक्रमण देखिएको पोष्टले जनाएको छ । संक्रमितमध्ये २१७ महिला तथा ४१२ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा।नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल संक्रमिततमध्ये हालसम्म ५४ प्रतिशत अर्थात् ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।

“काभे्रमा केही दिनदेखि सरदर दैनिक ४० जनामा सङक्रमण देखिएको छ, त्यसमध्ये बनेपामा अधिक देखिन्छ”, डा।झाले भने । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३५ महिला र ८८ पुरुष अस्पताल आइसोलेशन र १५९ महिला र २१५ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । यसैबीच, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूलाई कोरोना संक्रमण भएको छ । नगर स्वास्थ्य शाखा संयोजक सन्दिप केसीका अनुसार जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको पीसीआर परीक्षणमा ब्याञ्जूलाई आज कोरोना संक्रमण पुष्टी भएको हो । उहाँले आज सामाजिक सञ्जालमार्फत आफुसहित परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टी भएकोसमेत जानकारी गराए ।

ब्याञ्जूलगायत धुलिखेल नगर कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजैदेखि नगरको अत्यावश्यकबाहेक आउँदो ५ गतेसम्म अन्य सेवा बन्द गरिएको छ । साथै, नगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी नतिजा नआएसम्मका लागि वडा कार्यालयबाटसमेत प्रदान गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर २२ घण्टा पहिले
धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु ४ घण्टा पहिले
स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह १३ घण्टा पहिले
आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे १३ घण्टा पहिले
हाम्रो टीम नेपालद्धारा खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा हाम्रो टीम नेपालद्धारा खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा ४ घण्टा पहिले
परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह १२ घण्टा पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् १२ घण्टा पहिले
कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम ५ घण्टा पहिले