क्वारेन्टाइनबाट भागेका व्यक्तिमा कोरोना पुष्टि
नेपालबहस संवाददाता
असोज २८, २०७७ बिहिबार २:३:३०
२८ असोज, डोटी । शिखर नगरपालिका वडा न। १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइन राखिएका मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ । शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मंगलबार परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए ।
उनले भने, “स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।” कोरोना संक्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई शिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए । उनले भने, “ गाउँमा अरुलाई सङ्क्रमण नहोस भनेर गाउँ नै शिल गछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार