आज नेप्से परिसूचक ओरालो, होटल उपसमूहको शेयर उकालो
नेपालबहस संवाददाता
असोज २८, २०७७ बिहिबार २:१२:५९
२८ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६६ ले घटेर ३०९.७५ मा पुगेको छ ।
कूल १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर रु एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये होटल उपसमूहको मात्रै शेयर उकालो लागेको छ । होटल उपसमूह २.३८ ले उकालो लाग्दा बैंकिङ ३.५९, व्यापार ३.७३, विकास बैंक ४१.९१, जलविद्युत् १६, वित्त १०.९, जीवन बीमा २२.०८, उत्पादन २२.३३, अन्य ५.९, लघुवित्त ५.३२, जीवन बीमा ३३.५१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड २५ लाख ४३ हजार ८८४ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल बैंक लिमिटेड रु छ करोड नौ लाख ९८ हजार ३७८, नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड ३१ लाख ८१ हजार ८५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ९४ लाख ७४ हजार ५१६, अरुण काबेली पावर रु चार करोड ३६ लाख ६२ हजार ४२५, ज्योति विकास बैंक रु तीन करोड ७१ लाख ३३ हजार २२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल फाइनान्स लिमिटेड ९.७५, नेपाल हाइड्रो डेभलपर ५.२२, गणपति माइक्रोफाइनान्स २.५८७, नबिल समृद्धि फण्ड २.०६, बोटलर्स नेपाल तराईका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै घलेम्दी हाइड्रोपावर ७.२६, अपि पावर कम्पनी ५.९१, बरुण हाइड्रोपावर ५.९१, छ्याङदी हाइड्रोपावर ५.७०, रिडी हाइड्रोपावर ५.५६ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार