मंगलबार , कार्तिक ४, २०७७

केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

२९ असोज, बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

यस्तै झडपमा परेर ५ जना प्रहरी पनि घाइते भएका छन् भने सङ्घर्षरत पक्षका ६ जना घाइते भएका छन् । अध्यक्ष बिष्टसँग रहेका अन्य तीनजना घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ । सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेन ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हाँडीकोटबाट देखिएको सूर्योदय हाँडीकोटबाट देखिएको सूर्योदय १ दिन पहिले
सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान गरी एकलाख झिक्न सकिने सांग्रिला डेभलपमेन्ट बैंकको क्यूआर कोड स्क्यान गरी एकलाख झिक्न सकिने २ दिन पहिले
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो २ दिन पहिले
नेकपा मसाल लगायत २१ राजनीतिक संगठनले भाेली माइतीघरमा विरोध प्रदर्शन गर्ने नेकपा मसाल लगायत २१ राजनीतिक संगठनले भाेली माइतीघरमा विरोध प्रदर्शन गर्ने ६ दिन पहिले
कर्णालीमा १३१ जनामा कोरोना संक्रमण कर्णालीमा १३१ जनामा कोरोना संक्रमण ७ दिन पहिले
अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चार माध्यम र डा. फाउचीप्रति आक्रामक अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चार माध्यम र डा. फाउचीप्रति आक्रामक ५ घण्टा पहिले
केन्द्रीय सभापतिमा कल्याण गुरुङको दावेदारी, आम कार्यकर्ताको भावना समेटेको दाबी केन्द्रीय सभापतिमा कल्याण गुरुङको दावेदारी, आम कार्यकर्ताको भावना समेटेको दाबी ३ दिन पहिले
ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष ५ दिन पहिले